सेवापाटी संवाददाता २०८२ भदौ २८गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – जेन–जी विद्रोहको बलमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भारत लगायत अन्य देशहरु संयुक्त राष्ट्रसंघसहित , जापान र बेलायतद्वारा स्वागत गरेका छन् । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार गठन भएको सरकारले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्ने आशा व्यक्त गरिएको छ ।

‘नेपालमा सम्माननीय श्रीमती सुृशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ‘यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेमा हामी आशावादी छौं ।’ नजिकको छिमेकी, लोकतन्त्रका साथी र दीर्घकालीन विकास साझेदारका रूपमा कल्याण र समृद्धिका लागि नेपालसँग नजिकबाट काम जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।