सेवापाटी संवाददाता २०८२ बैशाख २२ गते
काठमाण्डौं–राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते संघीय संसद्मा प्रस्तुत गरेका थिए । संघीय संसद्मा त्यसमाथि आजदेखि छलफल हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।


