काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

