काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । त्यस्तै विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३ तथा थरिन्दु रत्नायकेले अविजित २२ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका मार्क वाटले सर्वाधिक २ विकेट लिए । त्यस्तै नन्दन यादव, हुसैन तलत, पवन सराफ र सूर्य तामाङले समान १–१ विकेट हात पारे ।