काठमाडौं : नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डको सामना गर्दैछ । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये एक जित र २ हार बेहोर्दै सुपर आठको दौडबाट बाहिरिएको छ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ । नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।

नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।