नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो ।
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
त्यसैगरी कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहमद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाएका थिए ।
बलिङमा कतारका डेनियल आर्चर मारिया लुइसले ३ र मिर्जा मोहम्मद बेगले ३ विकेट लिए ।यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरे । यस्तै, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पार्न सफल भयो । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ । उनकै नेतृत्व नेपाल अहिले विश्वकपको नजिक पुगेको छ ।


