काठमाडौं।नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदैछ । कुआलालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु भएको छ। खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ । बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।उक्त खेलमा नेपालको टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर रहेका छन्।


