यस पटक पनि रोनाल्डोको सेरोफेरोमा पोर्चुगलले खेल्नेछ । उनकै कारण पोर्चुगल यस विश्व कपको पनि एक दाबेदार हो । बेल्जियमका रोमेलु लुकाकु अर्का प्रबल दाबेदार हुन् । विपक्षी रक्षकलाई तहस नहस पार्ने उनको खुबीकै कारण बेल्जियम गत संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यसो त फरवार्डहरू गोल्डेन बुटका मुख्य दावेदार भए पनि मिडफिल्डरले पाउन नसक्ने भन्ने होइन । गोल गर्न सक्ने मिडफिल्डरमा स्पेनका अल्भारो मोराटा छन्। युरो २०२० मा ३ गोल गरेका उनले ५७ खेलमा २७ गोल गरेका छन् । अर्जेन्टिनाका लुवाटारो मार्टिनेज अर्का प्रभावशाली मिडफिल्डर बनेका छन् । यसै प्रभावका कारण उनले २५ वर्षको उमेरमा ४० खेल खेलिसकेका छन्।
ब्राजिलका भिन्सियस जुनियर अर्का प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनको स्पिडले नेइमारलाई धेरै सहयोग गर्न सक्छ। गोल्डने बुटकै लागि त कठिन हुन सक्छ तर पनि उनको गोल सङ्ख्यालाई ब्राजिलियन कित्ताले चासोपूर्वक हेरेको छ।
त्यसो त लामो प्रहार विश्व कपका लागि महत्वपूर्ण हुन सक्छ । गत संस्करणमा जर्मनीका कुनै खेलाडीको प्रदर्शन उल्लेख्य हुन सकेन । यस पटक बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेका वायरन म्युनिखका लियोरे सान जर्मनीका शीर्ष गोलकर्ता हुनेछन् । यसै लामो दुरीबाट गोल गर्ने खुबी पोर्चुगलका ब्रुनो फर्नान्डेजमा छन् । रोनाल्डोपछि उनी टोलीका सबैभन्दा भरपर्दा खेलाडी थिए ।
केही खेलाडीका लागि भने यो विश्व कप पनि सुखद रहन सकेन । सेनेगलका चोटग्रस्त फरवार्ड साडियो मानेले वायरन म्युखिका लागि खेल्दा उनको घुँडामा चोट लागेको हो । यसअघि सन् १९३० मा अर्जेन्टिनाका गुलरेमो स्टाबेलले तथा सन् १९३४ मा चेक गणतन्त्रका ओल्डरिच नेजेडीले बुट जितेका थिए । सन् १९५० मा ब्रािजलका एडिमिरले बुट जितेका थिए ।
सन् १९५४ का हँगेरीका सान्डोर कोक्सीसले बुट जितेका थिए। सन् १९५८ मा फ्रान्समा जस्ट फाउन्टेनले गोल्डेन बुट जिते भने सन् १९६२ मा भने धेरै जनाले संयुक्त रूपमा जितेका थिए। हँगेरीका फ्लोरियन अल्बर्ट, सोभियत सङ्घका भालोन्टिन इभानोभ, ब्रजिलका भाभा र गारिन्चा, युगोस्लाभियाका ड्राजन जर्कोभिक र चिलीका लियोनल साँचेजले शीर्ष गोलकर्ताको पुरस्कार पाएका थिए।
सन् १९६६ मा पोर्चुगलका युसुबियो, सन् १९७० मा जर्मनीका गर्ड म्युलर, सन् १९७४ मा पोल्यान्डका जर्ज लाटो, सन् १९७८ मा अर्जेन्टिनाका मारियो केम्पस तथा सन् १९८२ मा इटालीका पावलो रोसीले उक्त बुट पाए। यसैगरी सन् १९८६ मा इंग्ल्यान्डका गेरी लिनेकर, सन् १९९० मा इटालीका साल्भाडोर सिलाची, सन् १९९४ मा बुल्गेरियाका हस्टोस्टेचकोभ र रुसका ओलेग सालेन्को तथा सन् १९९८ मा क्रोएसियाका डेभोर सुकरले गोल्डेन बुट जितेका थिए ।
सन् २००२ मा ब्राजिलका रोनाल्डो, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोज, सन् २०१० मा जर्मनीका थोमस म्युलर, सन् २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगुयज तथा सन् २०१८ मा हेरी केनले गोल्डेन बुट जितेका थिए।Source: Nepaltop