नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी छनोट गर्नेछ।

निगमले लेखा सहायकदेखि वरिष्ठ प्राविधिक अधिकृतसम्म विभिन्न १४ पदमा दरखास्त खुलाएको छ । इच्छुक उम्मेदवार यही पुस २१ गतेसम्म अनलाइनमाफृत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुरी तिरी पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ ।