 
                                संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत सिरियामा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन गरिएको छ।
हाल सिरियामा खटिएको २१६ जनाको टोली बदली गरी सोमबार नयाँ टोली त्यसतर्फ गएको हो। २०३ जनाको सो टोलीको नेतृत्व सेनानी किशोर खड्काले लिएका छन्। सिरियामा रहेको नेपाली सेनाको टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।Source: News of Nepal

 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
 
                                         
                                         
                                         
                                         
                                         
                                        