काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ ।
आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा संचालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रतिनिधि सभाका सचिवले टेबुल गर्ने कार्यसूची रहेको छ ।


