बनेपा,काभ्रे ।काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ । प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ ।दुर्घटनामा एक जना घाइते भएका छन् . मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । घटनापछि स्थानीयवासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् ।
अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।


