काठमाडौं – हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर नयाँ भक्ति भजन गीत ‘शिव भजन‘ सार्वजनिक गरिएको छ । दिपक बजगाँई ‘कैलाश’को लय तथा शब्द संकलन रहेको भगवान प्रतिको भक्तिभाव दर्शाउन खोजिएको उक्त गीत गत शुक्रबार शशी पुन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा स्वर दिपक बजगाँई ‘कैलाश’, पुर्ण बुढा मगर, अनिल श्रेष्ठ, मधु रेग्मी, निल बहादुर थापामगर, शशी पुन, प्रमीला पुन, गीता घिमिरे, अमृता सापकोटा र अम्बिका घिमिरेको रहेको छ । गीतको ऐरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीले गरेका छन् भने सागर बाजुरालीले रेकडिङ गरेका छन् ।

भिडियोको निर्देशन शशी पुनले गरेकी छिन् त्यस्तै क्यामेरामा मरुभुमि नारायणले काम गरेका छन् । भगवान प्रतिको आस्था तथा बिश्वासका साथ सकारात्मक सोच र सकारात्मक कर्ममा लाग्न प्रेरित गरिएको यस गीतले आध्यात्मिक सन्देश फैलाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।