काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।