काठमाडौं । रौतहट– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सगिर आलमसवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ ।प्रहरी स्रोतका अनुसार, आज दिउँसो साढे २ बजे बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उमेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका थिए ।
ईशनाथ नगरपालिका ४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी रौतहट प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


