काठमाडौं ।  युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका छन्।

उनीविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ । महान्यायाधिवक्ताको कार्यालयले ८ माघमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए।