काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले धमला रौतहट क्षेत्रनंबर ४ बाट आम जनता पार्टीका तर्फबाट चुनाव लड्न लागेको जानकारी दिएका हुन ।

गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । आजपा प्रभु शाह नेतृत्वको पार्टी हो र भर्खरै धमला पत्नी एलिजा पार्टीको नेता बनेकी छन् । धमलाले आजैदेखि आफू  टेलिभिजन छोडेको घोषणा गरेका थिए ।