राधेश्याम गजुरेल, पाैष ११ २०८२ काठमाण्डाै– नवाै राष्टिय रापती म्यूजिक अवार्ड -२०८२ राजधानीकाे मुटु भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवमा सम्पन्न भएकाे छ ।

२०६३ सालमा कला र संस्कृति प्रवर्द्वन र संरक्षणकालागि स्थापित यस संस्थाले यसै क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यहरु गर्दै आईरहेकाे छ । बहु प्रतिभामुखी बरिष्ठ हाँस्यब्याङग्य कलाकार आदरणीय मदनकृष्ण श्रेष्ठलाई रापती विशेष सम्मानबाट अभिनन्दन गरिएकाे कार्यक्रममा बरिष्ठ सञ्चारकर्मी तथा लाेक गायिका काेमल ओलीलाई रापती दीर्घ साधना सम्मान प्रदान गरिएकाे थियाे । फिल्मी क्षेत्रबाट सम्मानित नायककाे अवार्ड आकाश श्रेष्ठलाई र कला संस्कृति जगेर्ना सहित पुरातन घरेलु सरसामाग्री देशका ७० जिल्लाबाट संकलन गरि युवा उद्धमशिलता प्रबर्दन गरेवापत उद्धमी घरका सञ्चालक दिपक कार्की र शाेभा घिमीरेलाई विशेष सम्मान पत्र दिईएकाे थियाे ।

कार्यक्रममा गित, संगित, लेखन, नव प्रतिभा, निर्देशन, माेडल, करियाेग्राफी लगायत विभिन्न ४२ बिधामा प्रतिभाहरुलाई अवार्ड प्रदान गरिएकाे रापती समाज काठमाण्डाैका अध्यक्ष गाेबिन्द मधुर आचार्यले बताउनुभयाे । कार्यक्रमकाे बिचबिचमा नाैमती बाजाका धुन, थारु भेषभुषा सहितकाे नृत्य, बाँसुरी तथा तवला बादन टप्पा , झ्याउरे गित संगितकाे प्रस्तुती सहित विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा विभिन्न ख्यतिप्राप्त नयाँ पुराना कलाकार नीर शाह, डेउडा गायक नन्दकृष्ण जाेशी, संबिधानबिद् भिमार्जुन आचार्य कानुनबिद् , गित संगित साहित्य अभिनय क्षेत्रका दिग्गज ब्यक्तिकाे समुपस्थिति रहेकाे थियाे ।

दुई दशकदेखि अनवरत साहित्य कला क्षेत्रमा क्रियाशिल रहि आफ्ना कार्यकालमा संस्थाकाे गरिमा उच्च बनाई पश्चिम क्षेत्रकाे लाेक संगित कला संस्कृति रहनसहन र प्राकृतिक मनाेरम छटाकाे प्रबर्दन गरेवापत संस्थाका आठै जना अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गरिएकाे थियाे भने शशी शर्मा मजगैयालाई सम्मानपत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा उत्कृष्ट गायन तर्फ प्रमाेद खरेल, उत्कृष्ट भिडियाे अभिनयमा पल शाह, माैलिक लाेक गीत संकलनमा मिना लामा लाेक शब्द रचनामा नेत्र अर्याल म्यूजिक भिडियाे सम्पादकमा पदम सुवेडी र प्रकाश दुतराज लगायतलाई अवार्ड प्रदान गरिएकाे थियाे ।

शशी शर्मा मजगैयाकाे सुन्दर प्रस्तुतीमा सञ्चालित कार्यक्रममा हालभर उर्जाशिल युवा तथा सँगितप्रेमी मस्त झुमेका थिए । यस्ताे प्रेरणादायी र विभिन्न क्षेत्रमा लगनशिल ब्यक्तित्वकाे सम्मानले कला संस्कृतिकाे जगेर्ना हुनुकासाथै यश क्षेत्रमा नव आगन्तुकलाई हाैसला प्राप्त हुने प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले बताउनुभएकाे छ ।