विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग हिजो भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् । ‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’,कोइरालाले भने- ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।’