काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको उनले बताए ।
अध्यक्ष दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।
संघीय संसदका केहि कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको उक्त कार्याक्रममा उनले समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए ।


