काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद थपेको हो ।शेरचन मंसिर १४ गते आइतबार पक्राउ परेका थिए ।


