काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको  प्रहरी परिसर काठमाडौंले  जानकारी दिएका छन् । घटनास्थलमा प्राप्त सूचनाका आधारमा प्रहरीले मुचुल्का उठाई अनुसन्धासन प्रक्रिया अघि बढाएको जनाएको छ। गिरीको शव उनको श्रीमतीले पहिचान गरेकी हुन्।

उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ ।