मंसिर-३, बुढाैली, चितवन/ श्री कृष्ण प्रणामी मन्दिर बुढाैली स्थापनाकाे स्वर्ण बर्षका अवसरमा आयाेजित १०८ श्रीमद् तारतम सागर पाठ पारायण कार्यक्रमकाे समुद्वघाटन श्री ५ नवतनपसरीधाम जामनगरबाट पाल्नुहुने अनन्त श्री बिभूषित जगतगुरु कृष्णमणी महाराजकाे करकमलबाट सु सम्पन्न भएकाे छ ।

नव निर्मित कलात्मक मन्दिरकाे उद्घाटनका अवसरमा देश बिदेबाट प्रणामी मन्दिरमा गादिपति बिद्वान बिदुषी सन्त महन्त गुरुजन तथा सुन्दरसाथकाे भब्य उपस्थिति रहेकाे छ । कार्यक्रममा महमंगलपुरी धाम सुरतका गाधिपति सुर्यनारायण महाराज, नवतनधाम सेवा केन्द्रका गादिपति अमृतराज महाराज, महन्त पुरुषाेत्तम महाराज निजानन्दधाम नजरपुरका सुरेन्द्र महाराज, गाेपीधाम धरानका गादिपति जगतानन्द महाराज र कृष्ण कृपाधाम देवघाटकी संस्थापक तारामाता, धर्मधाम जिराैनाका राजेन्द्रदाश महाराज, सुर्खेतका माेहनानन्द महाराज लगायत बिभिन्न मन्दिर र तिर्थस्थानबाट साधु सन्त महन्तकाे सहभागिता रहेकाे छ ।

सातदिनसम्म १०८ जना बाचकले तारतम सागर पाठ गरिरहेका छन् । छैटाै दिनसम्म पनि उत्तिकै रमाईलाे भब्यतामा गान बजाना कथा प्रवचनकाे अमृत रसपान सहित सुन्दरसाथ र श्रद्वालु भक्तजनकाे घुँइँचाे बढेकाे छ । कार्यक्रमकाे शुरुवातीमा जगतगुरुकाे अग्रतामा विभिन्न महाराजहरु , विभिन्न धार्मिक समितिका पदाधिकारी, प्रणामी धर्मका तिनै समितिका पदाधिकारी सहित सुन्दरसाथले कलशयात्रा सहित खैरहनि नगरदेखि पर्सा बजारसम्म नगर परिक्रमा गरेका थिए । प्रचार प्रसारलाई तिब्रता दिन मंसिर १ गते चितवन जिल्लामा ३०० भन्दा बढिकाे सहभागितामा बृहत् माेटरसाईकल र्याली गरिएकाे थियाे ।

कार्यक्रममा आशिर्वचन दिदै अनन्त श्री बिभूषित जगतगुरु आचार्य श्री कृष्णमणी महाराजले बृन्द्रावन धामले यस क्षेत्रकाे महिमा बढाउनुका साथै सन्त बृन्द्रावन दाशकाे सत्कर्मकाे प्रभावले सुन्दर शाेभा सहितकाे सुन्दर मन्दिर बनेकाे र जगतका मानवमा अहंभावकाे अन्त्य हुनुपर्ने, सेवा अनुशासन र सत्कार्यका साथ समाज सुधार्न लाग्नुपर्ने बताउनुभयाे । उद्घाटन समाराेहमा रत्ननगर नगरपालिकाका नगर प्रमुखले साैराहाकाे नजिककाे यस मन्दिरले धार्मिक पर्यटन बढाउन मद्दत पुर्याउने बताउँदै मन्दिरकाे पूर्णतामा नगरपालिकाले मद्दत जारी राख्ने बताउनुभयाे । सातै दिनकाे भब्य कार्यक्रम र मन्दिर साैन्दर्यकरणकालागि विभिन्न दानवीर सेवाभावीबाट विभिन्न सेवा सहित आर्थिक रकम चन्दा समेत प्रदान गरिएकाे छ ।

शुरुकाे दिनकाे मञ्च कार्यक्रम युवा परिषद नेपालले सञ्चालन गरेकाे थियाे भने वाईजुराज समितिले त्यस दिनकाे भाेजन सेवाकाे सम्पूर्ण रकम रु एक लाख ११ हजार सहयाेग गरिएकाे अध्यक्ष मिरा खतिवडा सञ्जेलले बताउनुभयाे । बाईजुराज समितिकाे कार्य गतिबिधिमाथि छलफलका क्रममा यसै कार्यक्रममा समितिले राैतहट मकवानपुर चितवन काठमाण्डाै जील्लाका गतिबिधिबारे प्रकाश र छलफल गरेकाे बताएकाे छ ।

मन्दिरका स्थापनामा अहाेरात्र खटिएका भरतमणी सुवेडी पञ्डितजीले देश बिदेशबाट कार्यक्रममा सहभागी भई शाेभा बढाईदिनुहुने जगतगुरु , विभिन्न गरुजन सन्त पंडित प्रचारक लगायत सुन्दर प्रस्तुती मार्फत कार्यक्रममा आकर्षण गर्न सफल उषा बास्ताेला माता र उषारति प्रिया तथा प्रत्यक्ष पराेक्ष सेवामा अहाेरात्र खटिने युवा परिषद नेपाल लगायतका सबैमा धन्यवाद सहित आभार ब्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम मंसिर १० गते समापन हुनेछ ।


