काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगनमा दल दर्ता गरेको छ । आज (आइतबार, मंसिर ७) आयोगको कार्यालय पुगेर दल दर्ता गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले  निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

अब कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने पक्का भएको छ भने राष्ट्रिय सभा निर्वाचनमा पनि भाग लिनेछ । नेकपा (एमाले)ले भने हालसम्म आयोगमा दल दर्ता गरेको छैन । उसले वर्तमान परिस्थितिमा निर्वाचनमा जान नकिने बताउँदै आएको छ ।