काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईले मंगलबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो ।

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गरेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।