काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल भइरहेको छ ।
यसैबीच, पार्टीले बाराको सिमरा घटनाप्रति चासो व्यक्त गरेको छ । घटनालाई लिएर रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।रास्वपाले देशमा निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएको छ । यसका लागि सरकारले पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्नेमा रास्वपाको भनाइ छ ।
एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेत बुधबार बारा जाने कार्यक्रम तय भएको थियो । सिमरा विमानस्थल आसपास एमालेका कार्यकर्ताहरू पुगेका थिए । एमाले कार्यकर्ता र आफूलाई जेनजी बताउने युवाहरूबीच झडप भएछि कर्फ्यू लगाइएको थियो ।


