काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित प्रसाईंलाई निवासबाटै मध्यराति पक्राउ गरेको छ । प्रसाईंंले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।

उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।