काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले अवैध डिम्ब प्रकरणमा सामेलहरूलाई सत्ताको दुरुपयोग गरेर उन्मुक्ति दिने घटनाले न्याय प्रणालीमाथि खुला हस्तक्षेप प्रमाणित गरेको बताएको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सीआइबीको सिफारिस हुँदाहुँदै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सरिता भण्डारीको मिलेमतोमा मामिला दाबिएको देखिनु शक्तिको दुरुपयोग र ठोस भ्रष्टाचार भएको बताए ।
जेनजी मुभमेन्ट नेपालले महान्यायाधिवक्ताको तत्काल बर्खास्ती माग गर्दै मुद्दा रोक्ने निर्णय नै नैतिक र कानुनी रूपमा अस्वीकार्य भएको बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको भूमिकामा निष्पक्ष छानबिन, स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन, फाइल रोकिएको सम्पूर्ण प्रक्रियाको पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ ।विज्ञप्तिमा पीडित परिवारको सुरक्षा र न्यायिक अधिकार तत्काल सुनिश्चित गर्न समेत माग गरिएको छ ।


