जनकपूर।मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् ।प्रदेश प्रमुख लाभले शनिबार आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता सहभागी नभएका हुन् ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भए । त्योसँगै अरू राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् ।जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सातदलीय गठबन्धनले बहिष्कार गरेको बताए ।प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए ।