काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।बुधबार (कात्तिक २६) मा पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।
मोर्चाले भ्रष्टाचारविरुद्धको संघर्ष, राष्ट्रिय स्वाधिनता एवं राज्यको अग्रगामी रुपान्तरणमा केही महत्त्वपूर्ण काम गरे पनि जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो सम्भव नबनेको विप्लवले उल्लेख गरेका छन् ।

साथै ‘जेनजी विद्रोह’पछि नेपालको राजनीतिकि परिवेश र धारणामा व्यापक फेरबदल आएको उनको भनाइ छ । मोर्चामा आबद्ध चार पार्टीमध्ये तीन पार्टीले नेपाली कम्युनिस्ट पार्टीसमेत बनाइसकेको अवस्थामा मोर्चाको औचित्य नभएको उनले उल्लेख गरेका छन् ।

समाजवादी मोर्चाको औचित्य समाप्त भएको पार्टीको निष्कर्ष सहितको विप्लवको हस्ताक्षर सहितको विज्ञप्तिमा जनाइएको छ ।