ललितपुर । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश ललितपुर जिल्ला ईमाडाेल प्रारम्भिक समितिद्वरा आयाेजित राष्ट्रब्यापी प्रणामी फुटसल प्रतियाेगिताकाे दशाै संस्करण ललितपुरकाे बलपार्क फुटसल मैदानमा भब्य रुपमा सम्पन्न भएकाे छ ।

देशभरिबाट प्रतिनिधित्व गर्ने २२ टिम र मैत्रीपूर्ण अभ्यासका ६ टिम गरि २८ टिमले प्रतिययाेगितामा भाग लिएका थिए । श्री कृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष एस के शर्मा, महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गाेबिन्द श्रेष्ठ र वडा नं १ का अध्यक्ष छिरिङ लामाले पानसमा दिप बालि उद्घाटन गरेसँगै अघि बढेकाे प्रतिस्पर्दात्मक र राेमाञ्चक खेलहरु हजाराै दर्शकले काैतुहलतासाथ अबलाेकन गरेका थिए ।

जाेशिलाे प्रदर्शन र निखारता प्रस्तुत गर्दै फाईनलमा पुगेका हरिसिद्वि प्रारम्भिक समिति र गाेर्खा जिल्ला समितिका टाेलीले कार्यक्रममा प्रथम र द्वितीय स्थान हाँसिल गरेका थिए । अब्बल खेल प्रदर्शन गरेकाे काभ्रे भञ्ज्याङ प्रारम्भिक समिति तेस्राे भएकाे थियाे भने लुभु प्रारम्भिक समितिले चाैथाे स्थान हाँसिल गर्न सफल भयाे । बिजेताले रु ३० हजार, उपबिजेताले रु २० हजार, तृतिय स्थानमा रहनेले रु १० हजार नगद तथा प्रणामी ट्रफि र मेडल पाएका भिए भने हरिसिद्विका स्वरुपराज तिमल्सिना उत्कृष्ट गाेलकिपर र गाेर्खाका सुमन पाेखरेल उत्कृष्ट खेलाडि घाेषित भएका थिए ।

ईमाडाेल प्रास अध्यक्ष विशाल खतिवडाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख श्रेष्ठले खेलकुदले सामिप्यता,साैहार्दता,भाईचारा बढाउने बताउँदै सफल आयाेजनकालागि शुभकामना दिनुभएकाे थियाे । सेवा समिति नेपालका अध्यक्ष शर्माले बाहिरी क्रियाकलापमा ओझेल परेका युवाकाे उत्साहपूर्ण सहभागिता खेल मार्फत देखिँदा धर्ममा समर्पण, अनुशासन , नैतिकता बिकाश हुने र दुर्ब्यसन रहित समाजका भावी कर्णधार सक्षम सबल बन्न सामूहिकताले प्रेरणा दिने बताउनु भयाे ।

दशाै संस्करणकाे भब्यताले थप हाैसला दिएकाे बताउँदै खेलाडिमा देखिएकाे निखारता र सबल टिम प्रतिस्पर्दामा उत्रेबाट कार्यक्रम सार्थक भएकाे आयाेजकले बताएकाे छ । ईमाडाेल प्रासकाे फेसबुक लाईभ पेजबाट दिनभर प्रत्यक्ष प्रसारण गरिएकाे खेलमा नवराज दहालले सुमधुर स्वरसहित लाईभ प्रस्तुती दिनुभएकाे थियाे । कार्यक्रम अबधि भर रहेर युवा परिषद, सेवा समिति, वाईजुराज समितिका पदाधिकारी तथा देशभरका सुन्दरसाथले कडा प्रतिस्पर्दाकाे भरपुर आनन्द लिएका थिए । कार्यक्रममा हरिसिद्वि प्रासले याेमरी, बारा चटपटेकाे स्वाद सहितकाे खाजाकाे स्टल समेत राखेकाे थियाे भने उद्दमी घर सातदाेबाटाेले प्रमाणपत्र र मेडलकाे साैजन्य गरेकाे थियाे ।


