काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बुद्धिजिवीहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले गर्नुपर्ने बताएका हुन्।

शुक्रबार आयोजित बुद्धिजिवीहरुसँगको भेलामा   ‘जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ,’ उनले भने।

उनले विघटन गर्न सक्नेले पुनःस्थापना गर्न पनि सक्नुपर्ने बताए।

उनले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताए।