ललितपुर – श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३५ ओै बार्षिक साधारण सभा शनिबार श्री कृष्ण प्रणामी मूल मन्दिर ईमाडोलमा सम्पन्न भएको छ । श्री नवतनधाम सेवा केन्द्रका गादीपति श्री १०८ अमृतराज महाराजको समुपस्थिती तथा बरिष्ठ सञ्चारकर्मी टिकाराम यात्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिकाराम यात्रीले युवा जोशमा शाकाहार संस्कृति, नैतिक व्यवहार सहित समाज सुधार्न लागेका प्रणामी युवा समाज परिवर्तनका ऐना हुन् , बालपनदेखि अहिंसाबाट टाढा रहन प्रणामी समाजमा आफुले आश्रय लिएको बताउँदै यस धर्मको ग्रन्थ तारतम सागरले समस्त मानव जातीको मोक्षकोबाटो देखाएको र यसैको अनुसरक यो ठूलो प्रणामी समाज संस्कृति परम्परा अंगिकार गरि समाज सुन्दर वनाउन अग्रसर रहेको आफूले पाएको बताउनुभयो ।

नवतनधामका बाबाजी अमृतराज महाराजले कार्यक्रम सफलताको कामना गर्दै युवाहरु जोश लिएर बढ्न र स्रोत संकलनको ब्यवस्था गरि हामीलाई चाहिएको भौतिक संरचना तयार गर्न मिलेर जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै सेवा समिति संयोजक रेशमराज ढकाल, सेवा समिति नेपालका अध्यक्ष श्याम कृष्ण शर्मा , बाईजुराज समिति नेपालकी अध्यक्ष मिरा खतिवडा सञ्जेल, परिषदका संस्थापक अध्यक्ष कल्याण कुमार कार्की पुर्व अध्यक्ष मदनकृष्ण शर्मा , सेवा समितिका पुर्प महासचिव नन्द किशोर शर्मा लगायतले युवाका सक्रिय गतिबिधि सामजकालागि दुरगामी र प्रभावकारी रहेको र भोलिका दिनमा देशैभरका युवालाई समेटेर अघि बढ्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा यस बर्ष एसईई परिक्षामा सर्बोत्कृष्ट अंक ४ जीपिए ल्याउने प्रणामी समाजका बिद्यार्थीहरु निभा मिश्र काठमाण्डौ, सम्पन्न खत्री गोरखा र श्रीजी पोखरेल मोरङलाई नगद पुरस्कार र मेडल सहित सम्मान गरिएको थियो । महासचिव दिपक कार्कीले परिषदको बार्षिक कार्ययोजना तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष उमेश प्रधानले आर्थिक प्रतिवेदनसहितको आय ब्याय विवरण सभामा पेश गर्नुभएको थियो ।

कार्यक्रममा युवा परिषद नेपालको वेभ साईट पनि शुभारम्भ गरिएको थियो । साधारण सभा आयोजक समिति संयोजक तथा परिषदका उपाध्यक्ष भिम बगालेले अतिथी तथा सहभागीलाई स्वागत गर्नुभएको थियो भने महासचिव दिपक कार्कीले सुन्दर ढंगबाट कार्यक्रम सञ्चालन गर्नुभएको थियो । दोस्रो सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।


