काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संवाद अगाडि बढाएको उल्लेख गरे। त्यस अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।


