काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ।अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्। पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए।


