काठमाडौं । विपिन जोशीको शव आज दिउसो नेपाल आइपुग्ने भएको छ । इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव आज दिउँसो साढे दुई बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम राखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


