काठमाडौं । हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा जोशीलाई श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ र कयौं नेपालीहरुले यस श्रद्धाञ्जली सभामा भाग लिएका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी रहेको बताइएको छ ।
इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।
२०२३ अक्टोबर ७ मा अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएका थिए । उनका स्वास्थ्य अवस्थाबारे केही दिनसम्म जानकारी नभएपछि असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।


