काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमा ठेस पुर्याइरहेको उनको भनाइ थियो ।उनले राजकता र भीडकै दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने बताए ।
सरकारले अझै पनि आम मानिस र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको जिकिर गर्दै उनले भने – ‘राज्यका औपचारिक संयन्त्रहरूलाई अनाधिकृत मानिसहरूले अनधिकृत ढंगबाट प्रवेश दिएर, खुलमखुल्ला महत्व दिएर अनधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरू माग गर्ने कुरा, के भयो के भएन भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशनहरू जारी गर्ने कुरा त्यो किमार्थ यो लोकतान्त्रिक शासन व्यवस्थामा, लोककल्याणकारी शासन व्यवस्थामा, विधिको शासन वकालत गर्ने हामीहरूको लागि त्यो उपयुक्त कुरा होइन।’


