काठमाडौं ।जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्धको रिटमा थप प्रमाण मगाउने आदेश गरेको छ । बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुनुपर्ने दाबी गरिएको निवेदनमा अदालतबाट यस्तो आदेश भएको हो ।

शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन् । उक्त निवेदनमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जीका लागि मंगलबार  पेश गरेको थियो ।

बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको अदालत स्रोतले बताएको छ ।