काठमाडौं। म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र)चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ ।मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर लौक्काईमा शासन गर्ने चार जातमध्ये एकका निम्ति काम गर्थ्यो । उक्त सहर चीनको सीमानजिकै अवस्थित छ, जसलाई उनीहरूले जुवा, लागुऔषध र ठगी केन्द्रको मुख्य थलोमा परिणत गरिदिएका थिए ।त्यसविरुद्ध म्यानमारले कडा कारबाही सुरु गर्दै सन् २०२३ मा यो परिवारका धेरै सदस्यलाई गिरफ्तार गरेको थियो । उनीहरूलाई चिनियाँ अधिकारीको जिम्मा लगाइएको थियो ।

सोमबार वान्जाउको उत्तरी सहरस्थित एक अदालतले माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएको चीनको सरकारी प्रसारक सीसीटीभीले जनाएको बीबीसीले बताएको छ ।