सेवापाटी संवाददाता २०८२ असोज ८ गते

दिपक बजगाँई ‘कैलाश’ काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासंघले प्रत्यक्ष रूपमा भएको क्षतिको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा मात्रै ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको प्रारम्भिक अध्ययन छ ।

यसबाट अप्रत्यक्ष रूपमा परेको क्षति धेरै ठूलो हुने महासंघले जनाएको छ । हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार निजी क्षेत्रमा ८० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन रहेको छ,’जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण भइरहेको महासंघले जनाएको छ । महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको छ ।