सेवापाटी संवाददाता २०८२ असोज ५ गते

दिपक कार्की/काठमाडौं 
श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालकाे २१ औं बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नवतनधामका गादिपति बाबाजि १०८ अमृतराजजि महाराजले महामती श्री प्राणनाथजिले देखाउनुभएकाे धर्मकाे मार्गलाई सबैले अनुशरण गर्नुपर्ने उल्लेख गर्नुभयाे । नवतनधाममका महन्त श्री १०८ पुरुषाेत्तम महाराजजिले बाईजुराज महारानीकाे महिमाकाे चर्चा गर्नुभयाे ।


कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका पूर्व अध्यक्ष मदन कृष्ण शर्मा, संरक्षक परिषद्का संयोजक राघवराज रेग्मी, सेवा समितिका सल्लाहकार संयोजक रेसमराज ढकाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष कौशल फुयाँल, सल्लाहकार कौशिला अधिकारी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियाे ।

कार्यक्रमकाे उदघाटन सत्र श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माको प्रमुख आतिथ्यता तथा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालका केन्द्रीय अध्यक्ष मिरा सन्जेल खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा समितिका केन्द्रीय उपाध्यक्ष शारदा अधिकारीले स्वागत मन्तव्य राख्नुभयो ।

सभाले महासचिव सविता सापकोटाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष किरण दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो। उक्त सभामा श्री निजानन्द आश्रम पुल्चोकका गादिपती श्री काेमलदास महाराजजीलाई सम्मान समेत गरिएको थियो ।

यसै अवसरमा यहि २०८२ आश्विन ५ गते श्रीनवतनधाममा समितिले गंगालाल अस्पताल र जयन्ती ट्रष्टकाे समन्वयमा मुटु सम्बन्धि स्वास्थ्य शिविरकाे आयाेजना गर्न लागिएको समितिले जनाएको छ । कार्यक्रममा देशैभरीबाट प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।