सेवापाटी संवाददाता २०८२ असोज १ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज सरकारले देशभर शोक बिदा दिएको छ ।

उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ ।

यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ । मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्‍याइएको छ ।