सेवापाटी संवाददाता २०८२ भदौ २६ गते  

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा र साँझ ७ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको हो। शुक्रबार विहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजाजवत गर्न सकिने सेनाले जनाएको छ।