
सेवापाटी संवाददाता २०८२ भदौ १९ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक अपराह्न ३ बजेको लागि बोलाइए को हो ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पोखरेल बताए। बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ।
बैठकमा चीन भ्रमणबारे पनि अध्यक्ष ओलीबाट ब्रिफिङ हुनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्दैछ।