सेवापाटी संवाददाता २०८२ भदौ १२ गते
राधेश्याम गजुरेल काडमाण्डौं – यहि भाद्र ७ गते युवा परिषद नेपाल रामेछाप जिल्ला श्री कृष्ण प्रणामी युवा परिषद नेपालको २१ ओै बार्षिक साधारण सभा जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । परिषदका बागमती प्रदेश सदस्य राजु प्रधानबाट अतिथी तथा उपस्थितलाई स्वागत गरिएको कार्यक्रममा केन्द्रीय महासचिव दिपक कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रीय सदस्य राधेश्याम गजुरेल र बागमती प्रदेश अध्यक्ष सुरज खड्काको सहभागी साधारण सभामा युवा परिषद रामेछाप जिल्ला पदाधिकारी सदस्य, चार प्रारम्भिक समितिका प्रतिनिधी बाईजुराज महिला समिति र सेवा समिति नेपाल सहित अन्य सुन्दरसाथको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै महासचिव कार्कीले सांगठनिक गतिबिधीबारे प्रकाश पार्दै सबैले हाम्रो ऐतिहाँसिक मन्दिरलाई माया गरेकोमा हामीले पनि मन्दिरको आधुनिक शैलीको निर्माणकार्य सक्दो चाँढो पूरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सेवा र बिकाशकालागि युवा भन्ने संस्था, युवा परिषद नेपाल र उद्ममी घर सातदोबाटोले करिव ३ लाख ५० हजार बराबरको रामेछाप जिल्लाको खाँडादेवी गा.पा.का बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा अभिभावकहरुलाई कपडा, ब्याग टोपी र खाजाको समेत बितरण गरेको थियो ।


