सेवापाटी संवाददाता २०८२ श्रावण १२ गते
राधेश्याम गजुरेल, काठमाण्डौं – श्री कृष्ण प्रणामी युवा परिषद कौशलटार बालकोट प्रा स भक्तपुरमा गठन भएको एक बर्प पूरा भएको छ । जिल्लको सातौ प्रा स को रुपमा यसको गठन भएको थियो । परिषदले आफ्नो पहिलो साधारण सभा यहि श्रावण १० गते गठ्ठाघरमा आयोजना गरेको छ । श्री कृष्ण प्रणामी युवा परिषद नेपालको बिधान २०४७ बमोजिम गठित प्ररम्भिक समितिले यो एक बर्षमा विभिन्न धार्मिक मेला पर्व , सेवा पूजामा भाग लिदै निरन्तर प्रेमको सञ्चार गर्दै मानवीय सहयोग, रास रामत नृत्य, बितक सेवाको पालो लिनुका साथै नियमित घुम्ती सत्सङ गरिदै आएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा बोल्दै युवा परिषद नेपालका केन्द्रिय महासचिव दिपक कार्कीले संस्थाको साँगठनिक प्ररुप , सँगठन बिस्तार र देशैभर परिषदबाट भैरहेका गतिबिधि र भावी दिनमा अघि सारिएका कार्यक्रमबारे जानाकारी गराउनुभएको थियो । धर्म प्रचारमा युवा सक्रियताले समाज सुधार्न बल पुग्ने बताउँदै प्रचारिका सुप्रिया किशोरीले समितिले गरेका कार्यले समाजको दिर्घकालिन हित र सुसंस्कृत सभ्य मानव समुदायको निर्माण हुने बताउनु भयो । भक्तपुर जिल्ला अध्यक्ष मिलन कार्कीले प्रा स लाई जिल्लाले आर्थिक सहयोग उपलब्ध गराउने बताउँदै संस्थागत उपलब्धि हाँसिल गर्न र परिषदका गतिबिधिमा यस समितिले खेलेको भूमिका प्रसंशालायक रहेको बताउनुभयो ।

कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय कोषाध्यक्ष उमेश प्रधान, सदस्य द्वय राधेश्याम गजुरेल , कृष्ण खड्का , बागमती प्रदेश उपाध्यक्ष हरी बहादुर महत , भकणतपुर जिल्ला अध्यक्ष मिलन कार्की, सचिव सकुमार खड्का लगायतका पदाधिकारी सदस्यको उपस्थिति रहेको थियो । प्रारम्भिक समितिकि अध्यक्ष रञ्जिता गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले केन्द्र देखिका सबैको उपस्थितिले हौसला प्रदान गरेको र संस्थागत लक्ष्य उद्वेश्य पूरा गर्न आफ्नो नेतृत्व सदैव लागिपर्ने बताउनुभयो । स्थानीय सुन्दरसाथ भक्तजन लगायत धेरैको उवस्थितिले कार्यक्रमको शोभा बढाएको थियो । यो सँगै २०६८ सालमा गठित गठ्ठाघर प्रारम्भिक समितिको पनि बार्षिक साधारण सभा सम्पन्न गरिएको थियो । सो कार्यक्रमको सभापतित्व प्रास अध्यक्ष एन के भट्टराईले गर्नुभएको थियो ।


