सेवापाटी संवाददाता २०८२ श्रावण ४ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – असार २३ को मन्त्रिपरिषद् बैठकले अनुदान रकम घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ कायम गरेको छ । स्रोतको चाप देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको प्रोत्साहन अनुदान आधा घटाएको हो । यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए । अनुदान रकम र समर्थन मूल्य थोरै भएकै कारण खेती घटेको जान्दाजान्दै सरकारले अनुदान रकम घटाएको हो । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत पुसमा प्रतिक्विन्टल ७० रुपैयाँकै प्रस्ताव गरेको भएपनि अर्थतन्त्रमा चाप परेको र स्रोतको कमी भएको भन्दै त्यसमा निर्णय हुन सकेन । २०८१र८२ मा करिब २ करोड १४ लाख क्विन्टल उखु क्रसिङ भएको छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५र७६ करोड खर्च हुन्छ । यही प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जनाएका छन । ‘उखु किसानलाई दिने पैसा नभएपछि भएकै पैसालाई व्यवस्थापन गर्न खोजिएको हो । उत्पादन परिमाणका आधारमा प्रतिक्विन्टल ३५ रुपैयाँ मात्रै दिन पुग्ने भएपछि मन्त्रिपरिषद्मा सोही प्रस्ताव गरेका हौं,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।