सेवापाटी संवाददाता २०८२ श्रावण ४ गते 

राधेश्याम गजुरेल, काठमाण्डौं – श्रीकृष्ण प्रणामी समाज निजानन्द सम्प्रदायका सम्पूर्ण मन्दिर, सत्सङ भवन तथा सुन्दरसाथको घरघरमा श्रावण कृष्ण पञ्चमीदेखि भाद्र कृष्ण जन्माष्टमाी श्रावण ३१ गतेसम्म नियमित पाठ, चर्चा सहितको बितक कथा प्रारम्भ भएको छ ।
वि.स. १७५१ श्रावण कृष्ण पञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म श्री प्राणनाथजीको अन्तर्ध्यान लीलापछि यो बीतक प्रकट भएको हुनाले यसलाई महामति प्राणनाथजीको आशीर्वाद ग्रन्थ मानिन्छ । स्वामी श्री लालदासद्वारा लेखिएको बितक साहेवमा सद्गुरु श्री देवचन्द्र महाराज , स्वामी श्री महामति प्राणनाथ र छत्रसाल महाराजबाट धर्म प्रचारका क्रममा भए गरेका यात्रा, संघर्ष , भोगाई सहित प्रणामी धर्म , यसको अभ्यूदय र ऐतिहाँसिक बृतान्तको सार उतारिएको छ । धामको द्वैत, अद्वैत स्वरुप र सच्चिदानन्द परब्रह्मको दिव्य लीलाको वर्णन, आफ्नो भावुक शक्तिद्वारा, श्री महामतिजीको हृदयमा बसेर, मायाको अन्धकारमा अलमलिरहेका आत्माहरूलाई अक्षर र अक्षरातीतभन्दा पर परमधामको अलौकिक मार्ग बीतकमा उल्लेख छ ।


संसारमा जन्मिएका हाम्रो शरिरबाट हेर्दा म को हुँ, म कहाँबाट आएको हुँ, मृत्युपछि कहाँ जान्छु रु संसार सञ्चालकको शक्तिशाली तत्व परब्रह्म को हो, उहाँ कहाँ बिराजित हुनुहुन्छ र उहाँ कसरी रहनुहुन्छ रु यो सृष्टि किन र कसरी सिर्जना भयो र विलय पछि यसको अस्तित्व कहाँ जान्छ रु प्रणामी धर्मको महान ग्रन्थ तारतमवाणीमा यी प्रश्नहरूको उत्तर छ यहि ज्ञानको घडा खोल्ने चाबी बीतक हो । यसमा विभिन्न घटनाहरू मार्फत् ज्ञानका अमूल्य मोतीहरू छरिएका छन् र वेद(कतेबको एकीकरण मार्फत् सम्पूर्ण संसारलाई एउटै आँगनमा ल्याउने सुन्दर दृश्य देखाइएको छ ।

यदि एक सच्चिदानन्द परब्रह्मलाई संसारका मानिसहरूले चिन्छन् भने सम्पूर्ण संसारमा आपसी विरोध स्वतः समाप्त हुनेछ भनेर बितकले दर्शाउँछ । वास्तवमा समाजका विभिन्न सम्प्रदायहरू बीचको आपसी वैमनस्यको मुख्य कारण फरक(फरक भेषभूषा, भाषा, रङ, जात, परम्परा र रीतिरिवाजहरू हुन् । यसैको आडमा धर्मको सहारा लिइन्छ । जबकि संसारका सबै आधारभूत धर्म ग्रन्थको सिद्धान्त एउटै छ, “एको ब्रह्म द्वितियो नाति” अर्थात् भगवान एक छन् र जहाँ एक भगवानको कुरा हुन्छ, त्यहाँ एक हुन्छ । हिन्दू, मुस्लिम, सिख, क्रिस्चियन बीचको भिन्नता आफैँ समाप्त हुनुपर्छ । वास्तवमा यो भिन्नता आफ्नै बनाइएको हो जबकि भगवानले हामी सबैलाई समान बनाउनुभयो ।


निजानन्द साहित्यमा कुल १७ बीतकको नाम छ तर सबै बीतकहरूको बारेमा जानकारी उपलब्ध छैन । श्री लालदासजीद्वारा लिखित बीतक सबैभन्दा भरपर्दो मानिन्छ। श्री लालदासजी महाराज महामति प्राणनाथजीको छायाँ हुनुहुन्थ्यो । उहाँले श्री प्राणनाथजीको जीवनमा जे देख्नुभयो, त्यसलाई आफ्नो बीतकमा आफ्नो आँखाले प्रस्तुत गर्नुभएको छ । प्रत्येक वर्ष हामी एक महिनासम्म बीतक सुन्छौँ । के हामीले यसको मौलिक अर्थ बुझ्यौँ त रु निष्पक्ष हृदयले आफ्नो विवेकको आवाज सुनेका छौँ त रु यदि हामी संकीर्ण विचारधाराबाट माथि उठेर सबैमा एउटै परमात्माको चेतनालाई स्वीकार गर्न सके देश र समाजमा रहेको आपसी घृणाको अन्त्य हुनेछ, आत्माको कल्याण हुनेछ र सारा संसार प्रेम र सद्भावले बाँच्न सक्नेछ । श्री तारतम सागर र श्री बीतक साहेबको पुकार पनि यही हो ।