सेवापाटी संवाददाता २०८२ श्रावण २ गते
राधेश्याम गजुरेल , काठमाण्डौ – श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल काठमाण्डौ जिल्ला समितिले बाईजुराज समितिका सुन्दरसाथको सहभागितामा एकदिने कानुनी साक्षरता तथा प्रशिक्षण कार्यक्रम श्री नवतनधाम सेवा केन्द्र गोठाटारमा सम्पन्न गरेको छ । अधिवक्ता बसुन्धरा थापा र यसै समितिकी केन्द्रीय कोषाध्यक्ष तथा काठमाण्डौ जिल्ला सल्लाहाकार अधिबक्ता किरण दहालले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
नेपाल अधिराज्यको संविधान २०७२ मा महिला हक हित र अधिकार सम्बन्धि भएको ब्यवस्था, महिलामा कानुनी ज्ञान नहुँदा भोग्नुपर्ने पारिवारिक ,यौनिक, लैङ्गिक हिंसा, महिला भएकै कारण बेहोरिने दोस्रो दर्जाको व्यवहार र अन्य समस्यामा खोज्न सकिने कानुनी उपचारको प्रकृयाबारे सहभागीलाई प्रशिक्षित गराईएको थियो । संबिधानका मूल कानुनसँग बाझिएका ऐन नियम स्वत अमान्य हुने बताउँदै अधिबक्ता थापाले दिदी बहिनीहरु अंश, बंश, सम्बन्ध, दाईजो र सम्पतिको हक सम्बन्धि कानुनबारे जानाकार रहन आग्रह गर्नुभएको थियो ।

उहाँले सधै पदमा सह, उप र घरमा चुलौकामा मात्र नअल्झन सुल्झाउँदै महिला अफिस, समाज, देशै चलाउन समेत सक्षम रहेको यसलाई प्रमाणित गर्न सबैले ब्यबस्था, अबस्था र नियम बुझेर हाँक आँट र सहाससाथ सबै क्षेत्रमा प्रतिस्पर्दामा उत्रन अनुरोध गर्नुभएको थियो । अधिबक्ता किरण दहालले उर्जाको सञ्चार गर्दै अपराध जान अन्जन जसरी भएको भए पनि कानुनी रुपमा अक्षम्य हुने बताउँदै हामी प्रणामी दिदी बहिनी समाजमा सहभागिता र सहकार्यका हर मामलामा बाह्य समुदाय भन्दा अघि रहेको तर पनि सामाजिक मूल्य मान्यता, इज्जत नामको अप्राकृतिक डर र पुरुषत्प हावी समाजमा धेरै कुरा दबाएरै बाँचिरहेको महसुस भएको बताउनुभयो । कानुनी बल सामाजिक बिकृति सिर्जनाको आधार बन्न नहुने बताउँदै उहाँले बिकृति सच्याउन कानुन ऐन नियम समयअनुसार परिमार्जनसहित बन्दै आउने बताउनुभयो ।

कार्यक्रममा बाईजुराज महिला समितिका केन्द्रीय अध्यक्ष मिरा सञ्जेलले सहभागीलाई काठमाण्डौ जिल्ला समितिले आयोजना गरेको यस प्रशिक्षणले ऐन कानुन बुझ्न स्व विवेकमा निर्णय लिन र आफ्ना समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रम आयोजनको उद्वेश्यबारे प्रकाश पार्दै बाईजुराज काठमाण्डौ जिल्ला अध्यक्ष निता अधिकारीले ऐन,कानुनको ज्ञान नहुँदा मनोबज्ञानिक त्रासमा रहने दिदी बैनीमा आजको सचेतना कार्यक्रमले आफ्नो अस्तित्व, महत्वको साथै संबिधानमा उल्लेखित अधिकारका बिषयमा प्रष्ट हुन सघाउने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

बाईजुराज समितिको भवनमा आयोजित प्रशिक्षणमा जिल्ला समितिका पदाधिकारी सदस्य , विभिन्न ईकाईका दिदी बैनी तथा परामर्श ईच्छुक सुन्दरसाथ गरि ६५ भन्दा बढिको सहभागिता रहेको बाईजुराज जिल्ला सह- सचिब संगिता घिमीरेले जनाकारी दिनुभयो । कार्यक्रमको समापनपछि सहभागीले प्रशिक्षण फलदायी रहेको र सामान्य जीवनमा भोगेर भन्दाष बुझेर कानुनी बाटो अबलम्बन गरे आईपर्ने जोखिम र बेहोर्नुपर्ने झमेलामा कमि हुने रहेछ भन्ने आत्मबिश्वास बढेको बताउनु भयो ।


